• २०८३ मङ्सिर ८ मंगलबार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर मौसम मूख्यतया सफा रहनेछ भने आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै