• २०८३ मङ्सिर १२ शनिबार

‘इनम प्रकरण’मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ- विश्वप्रकाश शर्मा

‘इनम प्रकरण’मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ- विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’को सत्यतथ्य सार्वजनिक गर्न संसद्ले अग्रसरता लिनुपर्ने बताएका छन् ।

शर्माले प्रकरणमा उठेका आरोप र प्रश्नहरूको निष्पक्ष तथा पारदर्शी छानबिन आवश्यक रहेको उल्लेख गर्दै नागरिकले वास्तविकता जान्न पाउनुपर्ने बताएका हुन् ।

उनले ‘इनम प्रकरण’लाई रहस्यमय घटनाका रूपमा मात्र प्रस्तुत नगरी यससँग जोडिएका सबै विषयको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।

‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पूरै च्यातिनुपर्छ,’ उनले भनेका छन् ।

पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै शर्माले राज्यका निकाय र संसद्ले यस विषयमा गम्भीरतापूर्वक पहल गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीलाई प्रश्न गर्दै शर्माले भनेका छन्- 'इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित बिषयको वास्तविकता के हो प्रधानमन्त्रीजी ? मानवअधिकार आयोगमा उनले दिएको उजुरी झुठो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरु क्रमशः एकपछि अर्को बन्दैछन् ?'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै