सुनसरी । सुनसरीको इटहरीमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु भएको छ ।
शनिबार बिहान इटहरी उपमहानगरपालिका–२ होम्सस्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले इटहरी–२० तरहरा शान्ति टोलका भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका खत्रीलाई प्रहरी टोलीले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर पुर्याएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न बस र चालक धनकुटा नगरपालिका–२ निवासी ५४ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









