Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५३ कम्पनिका एक करोड ३१ लाख ९८ हजार ७५७ कित्ता शेयर ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार २१३ मा कारोबार भएको थियो । आज बैंकिंग र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी एनआइएसी एशिया बैंकको शेयर ६.०८ प्रतिशतले बढेको छ भने लक्ष्मी मन्डु हाइड्रोको शेयर ४.७६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको शेयर ५.३७ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको २४ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको २१ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै