• २०८३ मङ्सिर १० बिहीबार

मिनी वर्ल्ड सेक्युरिटिजलाई नेप्सेको कारवाही, तीन दिनका लागि निलम्बित

मिनी वर्ल्ड सेक्युरिटिजलाई नेप्सेको कारवाही, तीन दिनका लागि निलम्बित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मिनी वर्ल्ड शेयर एक्सचेन्ज प्रालिलाई तीन कार्यदिनका लागि निलम्बन गरेको छ ।

नेप्सेले तोकिएको समयभित्र राफसाफ तथा फर्छ्यौटको काम नगरेको भन्दै सिडिएस एन्ड क्लियरिङ लिमिटेडले उक्त कम्पनीलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा नेप्सेको धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम कम्पनीलाई तीन कार्यदिनका लागि निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

नेप्सेले उक्त निर्णयबारे नेपाल धितोपत्र बोर्ड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा सम्बन्धित निकायलाई समेत जानकारी गराएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै