• २०८३ मङ्सिर ११ शुक्रबार

राष्ट्रिय खेलकुदमा महिला बास्केटबलको क्वार्टरफाइनलका खेल आज

राष्ट्रिय खेलकुदमा महिला बास्केटबलको क्वार्टरफाइनलका खेल आज

काठमाडौं । जारी दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत बास्केटबलको समूह चरणका खेलहरू सम्पन्न भएसँगै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने टोलीहरूको टुङ्गो लागेको छ ।

महिला बास्केटबलतर्फ फूल कोर्ट र थ्री बाइ थ्री दुवै विधाका क्वार्टरफाइनल खेल आज शुक्रबार हुँदैछन् ।

सुर्खेतमा हुने फूल कोर्टतर्फको पहिलो क्वार्टरफाइनलमा बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपीएफ) र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । बिहान १० बजे सुदूरपश्चिम र लुम्बिनी, ११ बजे कोशी र नेपाल प्रहरी तथा दिउँसो १२ बजे नेपाली सेना र बागमती प्रदेशबीच खेल हुनेछ ।

त्यस्तै, थ्री बाइ थ्रीतर्फ दिउँसो १: ३० बजे नेपाली सेना र गण्डकी, १: ५० बजे बागमती र लुम्बिनी, २: १० बजे सुदूरपश्चिम र एपीएफ तथा २: ३० बजे नेपाल प्रहरी र कर्णाली प्रदेशबीच क्वार्टरफाइनल खेल हुनेछ ।

सबै खेल कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुनेछन् । क्वार्टरफाइनलमा जित हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै