Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

बालविवाह अन्त्यका लागि पहिलो अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

बालविवाह अन्त्यका लागि पहिलो अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

काठमाडौं । बालविवाह, कम उमेरमा हुने विवाह तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय दिवस आज मनाइदै छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२६ सेप्टेम्बर ४ मा महासभाको प्रस्तावमार्फत हरेक वर्ष नोभेम्बर २७ लाई उक्त दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् २०३० सम्म बालविवाहजस्ता हानिकारक प्रथा अन्त्य गर्ने दिगो विकास लक्ष्यलाई सहयोग पुर्‍याउनु यसको उद्देश्य हो ।

विश्वभर हरेक वर्ष करिब १ करोड २० लाख बालिका १८ वर्ष नपुग्दै विवाह गर्न बाध्य हुने गरेका छन् । सन् २०२६ सम्ममा बालविवाहमा परेका करिब ६५ करोड महिला तथा बालिका जीवित रहेको अनुमान छ । त्यस्तै, विश्वभर करिब २ करोड २० लाख मानिस जबर्जस्ती विवाहमा रहेको र तीमध्ये दुई तिहाइभन्दा बढी महिला तथा बालिका रहेको तथ्यांक छ ।

संयुक्त राष्ट्रसंघले बालविवाह र जबर्जस्ती विवाहलाई मानवअधिकार उल्लङ्घनका रूपमा लिएको छ । यस्ता विवाहले बालिकाको शिक्षा, रोजगारीको अवसर तथा शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले कानुनी व्यवस्था, शिक्षामा पहुँच र पीडितको संरक्षणमा जोड दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै