काठमाडौं । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँपन थप्दै पाँचवटा नयाँ स्वाद बजारमा ल्याएको छ ।
युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीले अब एउटै ब्रान्डअन्तर्गत पाँच फरक स्वाद रोज्न पाउने भएका छन् ।
कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै नयाँ स्वाद बजारमा ल्याएको जनाएको छ । नयाँ स्वादमध्ये हरियो स्याउको स्वादमा ‘ग्रीन म्यानियाक’, मस्कट अंगुरको स्वादमा ‘शेक अट्याक’ र ग्रेपफ्रुट तथा भुइँकटहरको मिश्रित स्वादमा ‘ट्रपिकल पञ्च’ रहेका छन् ।
त्यस्तै, रास्पबेरी स्वादको ‘रास एन्ड फ्युरियस’ र अर्को विकल्पका रूपमा ‘एक्स्ट्रिमली लाइट’ पनि बजारमा ल्याइएको छ ।
कम्पनीका अनुसार नयाँ स्वादका पेय पदार्थको बिक्री तथा वितरणसमेत सुरु भइसकेको छ । फरक स्वाद, आकर्षक नाम र विविध रोजाइमार्फत उपभोक्ताको रुचि बढाउने कम्पनीको विश्वास छ ।
उपभोक्ताको माग र रुचि समयसँगै परिवर्तन भइरहेको अवस्थामा उत्पादनको दायरा विस्तार गरिएको कम्पनीले जनाएको छ । नयाँ स्वादले इनर्जी ड्रिंकका पारखीलाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।









