• २०८३ मङ्सिर १० बिहीबार

महेन्द्रनगरस्थित राष्ट्रिय मनिचेन्जरको इजाजतपत्र खारेज

महेन्द्रनगरस्थित राष्ट्रिय मनिचेन्जरको इजाजतपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरस्थित राष्ट्रिय मनिचेन्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ ।

राष्ट्र बैंकको धनगढी कार्यालयले जारी गरेको सूचनाअनुसार भीमदत्त नगरपालिका–४, महेन्द्रनगरस्थित उक्त कम्पनीले कारोबार बन्द गरी आफ्नो इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक निवेदन दिएको थियो ।

कम्पनीको निवेदनपछि नेपाल राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम मंसिर २० गतेको निर्णयअनुसार इजाजतपत्र खारेज गरिएको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकको धनगढी कार्यालयले सूचना पहिलोपटक प्रकाशित गर्दै सम्बन्धित सबैलाई जानकारी गराएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै