काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलाको १४ सयले बढेर तोलाको दुई लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३०७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी ३०४० रुपैयाँमा कारोबार भएको थियो ।









