• २०८३ मङ्सिर १० बिहीबार

डिजिटल कार्डबाटै स्वास्थ्य बीमाको सेवा लिन सकिने

डिजिटल कार्डबाटै स्वास्थ्य बीमाको सेवा लिन सकिने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितलाई डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखाएर स्वास्थ्य सेवा लिन सकिने जनाएको छ ।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई यस्तो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने प्रतिलिपि पेस गरेर सेवा लिन सक्नेछन् । सेवा प्रदायक संस्थाले कार्डमा उल्लेखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा जाँच गरी सम्बन्धित व्यक्ति बीमित भए वा नभएको यकिन गर्नुपर्नेछ ।

बोर्डले भौतिक परिचयपत्र साथमा नभएकै कारण बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै