• २०८३ मङ्सिर ९ बुधबार

हिमालयन बैंकलाई भिसाका दुई प्रतिष्ठित पुरस्कार

हिमालयन बैंकलाई भिसाका दुई प्रतिष्ठित पुरस्कार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्त्वपूर्ण पुरस्कार प्राप्त गरेको छ ।

बैंकले व्यवसाय सुरु भएदेखि हालसम्म उच्चतम कार्ड भुक्तानी कारोबारको अभिलेख कायम गर्न सफल भएको भन्दै ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस एक्वायरिङ’ र ‘एक्सिलेन्स इन पिओएस एक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मान प्राप्त गरेको हो ।

भिसाबाट प्राप्त सम्मानले डिजिटल भुक्तानी तथा कार्ड कारोबार क्षेत्रमा बैंकले हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गरेको बैंकले जनाएको छ। यसले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न ऊर्जा र हौसला मिलेको बैंकको भनाइ छ ।

हाल हिमालयन बैंकले देशभर १५७ शाखा, ११ विस्तारित काउन्टर, २७९ एटीएम, ९ हजारभन्दा बढी भुक्तानी उपकरण तथा ८ हजार ५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै