• २०८३ मङ्सिर ९ बुधबार

एक्स्ट्रिमको 'विन्टर अफर' : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

एक्स्ट्रिमको 'विन्टर अफर' : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

काठमाडौं । जाडो मौसमलाई थप रोमाञ्चक बनाउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ ।

पाँच नयाँ स्वादका इनर्जी ड्रिङ्क बजारमा ल्याएको अवसरमा कम्पनीले आकर्षक उपहार जित्न सकिने योजना अघि सारेको हो ।

अफरअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिङ्कका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये पाँच जना भाग्यशाली विजेताले सुनको क्यान उपहार जित्नेछन् ।

योजनामा सहभागी हुन कुनै पनि स्वादको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण दर्ता गर्नुपर्नेछ । कम्पनीका अनुसार हरेक महिना राष्ट्रिय टेलिभिजनमार्फत भाग्यशाली छनोट गरी विजेता घोषणा गरिनेछ ।

कम्पनीले नयाँ स्वादसँगै सुरु गरिएको यस अभियानले युवा पुस्तामाझ ब्रान्डको लोकप्रियता बढाउनुका साथै उपभोक्तासँगको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै