• २०८३ मङ्सिर ८ मंगलबार

फिफा र एएफसीको लिखित निर्देशनको प्रतीक्षामा छौं- महासचिव राई

फिफा र एएफसीको लिखित निर्देशनको प्रतीक्षामा छौं- महासचिव राई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको सबै प्रकारका प्रतिबन्ध हटाएपछि संघको कार्यालय पुनः सञ्चालनमा आएको छ ।

एन्फाका महासचिव किरण राईले अब अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन पनि चाँडै हट्ने विश्वास व्यक्त गरेका छन् ।

महासचिव राईका अनुसार नेपाली फुटबलको समस्या समाधान, संघको निर्वाचनलगायत विषयमा फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले कार्ययोजना अनुसार नेपाली फुटबलले निकास पाउने उनको विश्वास छ ।

संघको निर्वाचनका विषयमा आफूहरू फिफा र एएफसीको लिखित निर्देशनको प्रतीक्षामा रहेको बताउँदै राईले नेपाली फुटबलको निकासका लागि एन्फा सबै विकल्पमा लचिलो रहेको बताएका छन् ।

थाइल्यान्डमा फिफा र एएफसीका प्रतिनिधिसँग सकारात्मक छलफल गरी नेपाली फुटबललाई निकास दिने प्रयास गरेको भन्दै उनले शिक्षा, युवा तथा खेलकुदमन्त्री, प्रमुख सल्लाहकार र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षसहितको प्रतिनिधिमण्डललाई धन्यवादसमेत दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै