काठमाडौं। बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना दुई वर्षभन्दा बढी समयदेखि भारतमा निर्वासनमा रहेपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने तयारीमा गरेको बताइएको छ ।
बंगलादेशका मिडियाका अनुसार बंगलादेशको विजय दिवसका अवसरमा ढाकासम्म राष्ट्रिय ध्वजावाहक विमानबाट फर्कने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकी छन् ।
हसिनाका प्रवक्ता सैयद मोजम्मेल अलीका अनुसार उनले भारतको नयाँदिल्लीबाट बिमान बंगलादेश एयरलाइन्समार्फत स्वदेश फर्कन चाहेको बताएकी छन् । सन् २०२४ अगस्ट ५ मा उनी बंगलादेशबाट भारत पुगेकी थिइन् ।
तर बंगलादेश सरकारले हसिना स्वदेश फर्कन चाहे भारतसँगको सुपुर्दगी सन्धिअनुसार मात्रै सम्भव हुने स्पष्ट गरेको छ । विद्यार्थी आन्दोलनमाथि भएको हिंसात्मक दमनको आदेश दिएको अभियोगमा बंगलादेशको अदालतले गत वर्ष उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । हसिनाले भने आरोप अस्वीकार गर्दै आएकी छन् ।
बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले हसिना सुपुर्दगी प्रक्रियाबाट मात्रै फर्कन सक्ने बताएका छन् । सन् २०२४ को आन्दोलनका क्रममा संयुक्त राष्ट्रसंघका अनुसार १ हजार ४०० जनासम्मको मृत्यु भएको थियो ।









