काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समिति र राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको २१औँ बैठक शुक्रबार बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ ।
बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८३ का दफामाथि संशोधनकर्ता सदस्यसहित दफावार छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको ३५२औँ बैठक पनि आज दिउँसो १२: १५ बजे सिंहदरबारमा बस्नेछ ।
उक्त बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।









