काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ ।
विहिबार सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । चितवनले दिएको १३४ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
सुदूरपश्चिमका लागि थारिन्दु रत्नायकेले ५३ रन बनाए भने विनोद भण्डारीले २३ रन, दिपेन्द्र सिंह ऐरीले १५ र इशान पाण्डे र आरिफ सेखले १०- १० रन बनाएका थिए । त्यस्तै चितवनका बलर रंजित कुमारले २ विकेट लिए भने कमल ऐरी, रिजन ढकाल, उसमा मिर, सलाहुद्दीन खानले एक एक विकेट लिएका थिए ।
त्यस्तै, टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाउदै १३३ रन बनाएको थियो । चितवनका लागि डेविड मलानले अविजित ७१ रन बनाएका थिए भने सलाहुद्दीन खानले १८ रन र कमल सिंह ऐरीले १० रन बनाएका थिए ।
त्यस्तै सुदूरपश्चिमका बलर स्कट कुगेलाईनले ३ विकेट लिए भने थारिन्दु रत्नायेकेले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र इशान पाण्डेले एक एक विकेट लिएका थिए ।
अब फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सको सामना गर्ने छ भने चितवन राइनोज बाहिरिएको छ ।









