• २०८३ मङ्सिर २ बुधबार

काठमाडौँलाई हराउदै चितवन दोस्रो क्वालिफायरमा, सुदूरपश्चिमसँग भिड्ने

काठमाडौँलाई हराउदै चितवन दोस्रो क्वालिफायरमा, सुदूरपश्चिमसँग भिड्ने

काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको छ । चितवनले काठमाडौँलाई ६१ रनले पराजित गरेको हो । 

चितवनले दिएको २०५ रनको विशाल लक्ष्य पछाएको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाउदै १४३ रन बनाएको थियो ।

काठमाडौँका लागि विलियम बोसिस्टोले ३७ रन बनाए भने भीम सार्कीले अविजित ३० र सहान अराचचिगेले २४ रन बनाएका थिए ।  त्यसैगरी चितवनका बलर रिजन ढकालले ४ विकेट लिए भने उसमा मिरले ३ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । चितवनका लागि कामिल मिशाराले अविजित १२० रन बनाएका थिए । मिशाराले ५९ बल खेल्दै ५ चौका र १० छक्का प्रहार गरेका थिए ।

यो एनपीएलका तिनै सिजनमा कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत धेरै रन समेत हो । त्यस्तै रवि भोपाराले ५३ रन बनाएका थिए भने देव खनालले १७ रन बनाएका थिए ।

त्यस्तै काठमाडौँका बलर करण केसी र राशिद खानले २-२ विकेट लिएका थिए ।

योसँगै काठमाडौँ गोर्खाजको यस सिजनबाट बाहिरिएको छ । त्यस्तै दोस्रो क्वालिफायर खेलमा विहिबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्ने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै