• २०८३ मङ्सिर २ बुधबार

पूर्वाधार विकास मन्त्रालयले हटायो सात इन्जिनियर

पूर्वाधार विकास मन्त्रालयले हटायो सात इन्जिनियर

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाएको छ । मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को व्यवस्थाअनुसार उनीहरूलाई सेवाबाट हटाइएको हो ।

सेवाबाट हटाइएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, निरश थापा, रमेश प्रसाद पौडेल र पदमन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।

मन्त्रालयका अनुसार ६ जना इन्जिनियर कार्यालयमा उपस्थित नभएको कसुरमा तथा एक जना इन्जिनियर मनासिब बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा सेवाबाट हटाइएको हो ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ अन्तर्गतको व्यवस्थाअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै