काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति योजनाबद्ध ढंगले दिएको दाबी गरेका छन् ।
बुधबार, एमालेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै ओलीले प्रधानमन्त्रीले सीमा बारेको अभिव्यक्ति योजनाबद्ध ढंगले दिएको दाबी गरेका हुन् ।
उनले बोली ‘चिप्लिएको’ हुन्थ्यो भने संसद्को रेकर्डबाट हटिसक्नुपर्ने थियो भन्दै कहिलेका लागि प्रमाण राख्न खोजेको हो भन्दै प्रश्न गरेका छन् ।
उनले भने- 'कि सभामुखले यो सही कुरा हो भन्नुपर्थ्यो । यो सही कुरा बोलेको छ, रेकर्डबाट हटाउन मिल्दैन भन्नुपर्थ्यो भन्न पनि नसक्ने, रेकर्डबाट नहटाउने । यो कहिलेका लागि के प्रमाण राख्न खोजेको ?









