• २०८३ कार्तिक ३० सोमबार

बक्स अफिसमा 'कबड्डी ५' को दबदबा, 'पाँच पाण्डव' ले तान्न सकेन दर्शक

बक्स अफिसमा 'कबड्डी ५' को दबदबा, 'पाँच पाण्डव' ले तान्न सकेन दर्शक

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक २९ गते आइतबारसम्मको चलचित्र ‘कबड्डी ५ : फाइनल’, ‘पेन्सन पट्टा’, ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ र पाँच पाण्डवको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।

जसअनुसार कार्तिक ६ गतेबाट प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल’ ले ४ लाख २२ हजार ८९० टिकट बिक्रीबाट १२ करोड ९४ लाख १५ हजार आम्दानी गरेको छ । त्यस्तै भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले ३ लाख ६४ हजार ५२० टिकट बिक्री गर्दै १० करोड ३५ लाख ७८ हजार आम्दानी गरेको विवरणमा उल्लेख छ ।

त्यसैगरी असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र 'आ बाट आमा २’ ले २ लाख ४१ हजार ९६ टिकट बिक्रीबाट ६ करोड ८१ लाख ६७ हजार आम्दानी गरेको छ ।

यसैगरी, असोज ३१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ ले एक लाख ६ हजार ८८३ टिकट बिक्रीबाट ३ करोड ४३ लाख १७ हजार आम्दानी गरेको छ भने असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘१२ गाउँ २’ ले भने ७६ हजार ६० टिकट बिक्री गर्दै २ करोड ३२ लाख ९६ हजार आम्दानी गरेको छ ।

त्यस्तै कार्तिक २० गतेबाट प्रदर्शनमा आएको चलचित्र पाँच पाण्डवले १२ हजार २९४ टिकट बिक्रीबाट ४३ लाख ५० हजार आम्दानि गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै