• २०८३ कार्तिक ३० सोमबार

एनपीएलको लिग चरणमा नेपाली युवा बलरको दबदबा

एनपीएलको लिग चरणमा नेपाली युवा बलरको दबदबा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका खेल सकिँदा नेपाली युवा बलरहरूले विकेट लिने सूचीमा आफ्नो दबदबा कायम गरेका छन् ।

सर्वाधिक विकेट लिने सूचीमा कमल सिंह ऐरी र राहुल यादवसँगै चितवन राइनोजका रिजन ढकाल र कर्णाली याक्सका जहान्दाद खानले पनि १२–१२ विकेट लिएका छन्। उनीहरू समान विकेट भए पनि खेल सङ्ख्या र बलिङ प्रदर्शनका आधारमा फरक स्थानमा छन् । त्यस्तै अनिल खरेल पनि १० विकेटसहित शीर्ष बलरको सूचीमा परेका छन् ।

लिग चरणमा चितवन राइनोजका कमल सिंह ऐरीले ६ खेलमा ५ इनिङ्स बलिङ गर्दै १२ विकेट लिएका छन्। उनले १८ ओभर बलिङ गर्दा १०३ रन खर्चिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २६ रन दिएर ४ विकेट लिनु रहेको छ। उनको बलिङ औसत ८.५८ र इकोनोमी ५.७२ रहेको छ ।

त्यस्तै, जनकपुर बोल्ट्सका राहुल यादवले ७ खेलमा १२ विकेट लिएका छन् । उनले २३ ओभर बलिङ गर्दै १५८ रन खर्चिएका छन् । राहुलको उत्कृष्ट प्रदर्शन ३१ रन दिएर ४ विकेट लिनु रहेको छ । उनको बलिङ औसत १३.१६ र इकोनोमी ६.८६ रहेको छ।

यसैगरी, सुदूरपश्चिम रोयल्सकाका अनिल खरेलले ७ खेलमा १० विकेट लिएका छन् । उनले १६.५ ओभर बलिङ गर्दै ९१ रन खर्चिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २३ रन दिएर ३ विकेट लिनु रहेको छ । खरेलको बलिङ औसत ९.१० र इकोनोमी ५.४० रहेको छ । विकेट सङ्ख्यामा शीर्ष स्थानमा रहेका बलरमध्ये उनको इकोनोमी र औसत पनि उल्लेखनीय देखिएको छ ।

कमल सिंह ऐरी, राहुल यादव र अनिल खरेलले लिग चरणमा गरेको प्रदर्शनले एनपीएलमा नेपाली बलरहरूको प्रभाव देखाएको छ । विशेषगरी कमल सिंह ऐरी र राहुल यादवले विदेशी खेलाडीसँगै प्रतिस्पर्धा गर्दै सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा पुग्नु नेपाली क्रिकेटका लागि सकारात्मक पक्ष बनेको छ ।

त्यस्तै काठमाडौँ गोर्खाजका जहानदाद खानले १२ विकेट लिएका छन् भने जनकपुर बोल्ट्सका हरमित सिंहले ११ विकेट लिएका छन् भने कर्णाली याक्सका मार्क वाटले पनि ११ विकेट लिएका छन् । त्यसैगरी कर्णाली याक्सका हुसैन तलत र सोमपाल कामीले १०-१० विकेट लिएका छन् भने लुम्बिनी लायन्सका शेर मल्लले ९ विकेट लिएका छन् भने पोखराका विपिन खत्री र सुदूरपश्चिमका सक्त कुगगेलेनले पनि ९-९ विकेट लिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै