बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
सोमबार बिहान टुमेडाबाट वडा नं. ११ को हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बुङ्गल नगरपालिका–१० का ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र ४ वर्षीया रियास महराको मृत्यु भएको छ ।
अटोमा चालकसहित ६ जना सवार रहेकामा १२/१३ वर्षीय विक्रम महरा भने सकुशल घर फर्किएको जनाइएको छ ।
प्रहरीले अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।









