• २०८३ कार्तिक ३० सोमबार

तालिबानको कान्दहारमा रेडियोबाट क्रिकेट समाचार प्रसारण गर्न प्रतिबन्ध

तालिबानको कान्दहारमा रेडियोबाट क्रिकेट समाचार प्रसारण गर्न प्रतिबन्ध

काठमाडौँ । अफगानिस्तानको कान्दहारमा तालिबान सरकारले रेडियोमार्फत क्रिकेटसम्बन्धी कुनै पनि सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाएको छ ।

मिडिया रिपोर्टका अनुसार कान्दहारको सूचना तथा संस्कृति विभागले शनिबार रेडियो सञ्चालकहरूलाई क्रिकेटका समाचार, खेलको प्रत्यक्ष विवरण र जितसम्बन्धी समाचार प्रसारण नगर्न निर्देशन दिएको हो ।

तालिबान नेता मुल्ला हैबतुल्लाह अखुन्दजादाको गृहक्षेत्र कान्दहारमा लगाइएको प्रतिबन्धको कारण भने खुलाइएको छैन । यसअघि तालिबान सरकारले क्रिकेटलाई समर्थन गर्दै आएको थियो ।

अफगानिस्तानको पुरुष क्रिकेट टोली संयुक्त अरब इमिरेट्सको सारजाहमा जिम्बाब्वेविरुद्ध दोस्रो टेस्ट खेलिरहेका बेला प्रतिबन्ध लगाइएको हो ।

तालिबान सरकारले यसअघि केही मार्सल आर्टसहित खेल गतिविधिमा प्रतिबन्ध लगाएको थियो । अफगानिस्तानमा पुरुषलाई क्रिकेट खेल्न अनुमति रहे पनि महिला तथा किशोरीलाई खेलकुदमा सहभागी हुन र खेलकुद क्लब जान रोक लगाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै