• २०८३ कार्तिक २० शुक्रबार

शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव कानुन मन्त्रालय पठाइँदै

शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव कानुन मन्त्रालय पठाइँदै

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

यसअघि सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको संशोधन प्रस्ताव त्यहाँबाट प्राप्त भएपछि शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रका सरोकारवालाले उठाउँदै आएका गुनासा र समस्यालाई सम्बोधन गर्ने उद्देश्यले मन्त्रालयले नियमावली संशोधनको प्रक्रिया अघि बढाएको जनाएको छ ।

कानुन मन्त्रालयको सहमतिपछि संशोधन प्रस्तावले थप प्रक्रिया अघि बढाउनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै