काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो । चितवनका लागि कप्तान सिकन्दर राजाले सर्बाधिक ३७ रन बनाएका थिए । त्यस्तै रवि बोपाराले ३५ रन बनाए भने अर्जुन साउदले ३१, डेविड मलानले २८ र कुशल मल्लले ११ रन बनाएका थिए ।
त्यसैगरी पोखराका बलर चामिका करुनारत्ने, विपिन खत्री र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए ।









