• २०८३ कार्तिक १८ बुधबार

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफल गर्ने भएको छ ।

समितिले आज दिउँसो १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको समिति कक्षमा बैठक बोलाएको छ ।

बैठकमा मेलमिलापसम्बन्धी विधेयकमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । 

छलफलका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, कानुन मन्त्रालयका सचिव, सर्वोच्च अदालत तथा महान्यायाधिवक्ताको कार्यालयका रजिस्ट्रारहरू, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख र काठमाडौं जिल्ला अदालतका श्रेस्तेदारलाई आमन्त्रण गरिएको छ ।

समितिका सचिव रामहरि थापाले बैठकमा उपस्थितिका लागि समिति सदस्य तथा सम्बन्धित सरोकारवालालाई अनुरोध गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै