• २०८३ कार्तिक १७ मंगलबार

गगन र ओलीबीच भेटवार्ता

गगन र ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  

मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा थापा र ओलीबीच छलफल भएको हो । एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार संकटमा रहेको बेला थापा र ओलीबीच भेटवार्ता भएको छ । 

एमाले, जसपा र नेकपा मिलेर नयाँ सरकारको गृहकार्य गरिरहेका बेला थापाले ओलीलाई भेटेका छन् ।

भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै