• २०८३ कार्तिक १३ शुक्रबार

नेप्सेमा सामान्य गिरावट, ८ अर्ब ८९ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, ८ अर्ब ८९  करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार  नेप्से ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४८ कम्पनिका २ करोड २८ लाख ६२ हजार५५४ कित्ता शेयर ८ अर्ब ८९  करोड १५ लाख ९५ हजार १४५ मा कारोबार भएको थियो ।  आज विकास बैंक, म्युचुअल फण्ड, निर्जीव बीमा अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्तको शेयर १२.११ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मेन्छियाम हाइड्रोको शेयर ४.०८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी लुम्बिनी विकास बैंकको ३८ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको ३०  करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै