• २०८३ कार्तिक २ आइतबार

चेल्सीको सहज जित, एभर्टनमाथि २–० को विजय

चेल्सीको सहज जित, एभर्टनमाथि २–० को विजय

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० गोलले पराजित गरेको छ ।

एभर्टनको घरेलु मैदान हिल डिकिन्सन स्टेडियममा भएको खेलमा चेल्सीका पेड्रो नेटोले दुवै गोल गरेका थिए ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेटोले दोस्रो हाफ सुरु भएको ४४ सेकेन्डमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे । 

एभर्टनले गोल गर्ने केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । यस जितसँगै चेल्सीले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ ।

यो जितपछि चेल्सीको ७ खेलमा १३ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै एभर्टनको भने ७ खेलमा १० अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै