• २०८३ असोज २६ सोमबार

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम राखेका छन् । ३ हजार २८८ मत गणना हुँदा खतिवडाले १ हजार ४३९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, अजयबाबु शिवाकोटीले १ हजार ४६ मत प्राप्त गरेका छन् भने डिल्लीराम सुवेदीले ८२९, देवेन्द्रराज कँडेलले ७१०, विकास कोइरालाले ५५८ र राजीव ढुंगानाले ५०१ मत पाएका छन् । यसैगरी, रमेशप्रसाद धमलाले ३९४, अमृतकुमार अर्यालले ३५० र विमलराज क्षेत्रीले १३७ मत प्राप्त गरेका छन् ।

कांग्रेस सहमहामन्त्री खुलातर्फ दुई पदका लागि मतगणना भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै