काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ ।
आइतबार बिहान ६: ५० सम्मको अपडेट अनुसार महामन्त्री (खुला) तर्फको मतगणनामा प्रदीप पौडेलले सबैभन्दा बढी ७२३ मत प्राप्त गरेका छन् । त्यस्तौ अमरसिंह पुन मगरले ४५५ मत पाउँदा उदयशमशेर राणाले ४१२ मत प्राप्त गरेका छन् । त्यस्तै, डा. सुनिलकुमार शर्माले ३०९ मत, गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५ मत, शंकर तिवारीले १९ मत र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन् ।
महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ५३६ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना) ले ५१३ मत प्राप्त गरेकी छन् । त्यस्तै रीता खनालले १४७ मत पाएकी छन् ।









