• २०८३ असोज २५ आइतबार

महानगरमा प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीका लागि तालिम सम्पन्न

महानगरमा प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीका लागि तालिम सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले नियमित खोप सेवा सञ्चालन गर्ने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीका लागि पाँचदिने तालिम सम्पन्न गरेको छ ।

तालिममा पहिलो चरणमा २१ जना स्वास्थ्यकर्मी सहभागी भएका थिए । खोपको पहुँच बढाउने, सेवा सुदृढ गर्ने, तथ्याङ्कको उपयोग गर्ने र खोप खेर जाने दर घटाउने विषयमा तालिम दिइएको थियो ।

तालिममा लक्षित बालबालिकाको पहिचान, खोपको अभिलेख तथा प्रतिवेदन, खोप आपूर्ति, चिस्यान शृङ्खला व्यवस्थापन र खोपपछिका जोखिम व्यवस्थापनलगायत विषय समेटिएका थिए । दोस्रो चरणमा थप १९ जना स्वास्थ्यकर्मीलाई तालिम दिइने महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै