• २०८३ असोज २२ बिहीबार

कांग्रेस महाधिवेशन: फेरी सर्यो मतदानको समय, दिउँसो २ बजेदेखि शुरु हुने

कांग्रेस महाधिवेशन: फेरी सर्यो मतदानको समय, दिउँसो २ बजेदेखि शुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदानको समय फेरी सारिएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको मतदान २ बजेदेखि मात्र शुरु हुने भएको हो ।

यसअघि बिहान १० बजेदेखि शुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला भएको भन्दै १ बजेका लागि सारिएको निर्वाचन समितिले जनाएको थियो । 

काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने यस मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुदैछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै