• २०८३ असोज २१ बुधबार

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं । दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आफ्ना छोरालाई कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको भन्दै एक महिलाले प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष सामाजिक सञ्जालमार्फत कारबाहीको माग गरेकी थिइन्। उक्त भिडियोबारे अनुसन्धान गर्ने क्रममा कन्सल्टेन्सीका सञ्चालक २८ बर्षिय  नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का पाण्डेलाई पक्राउ गरिएको हो ।

प्रहरीले असोज २० गते काठमाडौं महानगरपालिका–२६ रानीबारी चोकबाट पाण्डेलाई नियन्त्रणमा लिएको र उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै