Skip This
  • २०८३ असोज २० मंगलबार

किशोरसिंह राठौरको सभापतिमा उम्मेदवारी दिने घोषणा

किशोरसिंह राठौरको सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले कांग्रेसलाई एकताबद्ध बनाउन आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

राठौरले पार्टीका नेता तथा कार्यकर्तालाई न्याय दिलाउने प्राथमिकता रहेको भन्दै देशभरका कांग्रेस कार्यकर्तालाई समान व्यवहार र अवसर सुनिश्चित गर्ने उल्लेख गरे । 

उनले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले स्थापित गरेको कांग्रेसको राजनीतिक मर्यादालाई पुनःस्थापित गर्ने उद्देश्यले आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताएका थिए ।

काँग्रेस सभापतिमा वर्तमान सभापति गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । काँग्रेसको नयाँ नेतृत्वको लागि आज ४ बजेसम्म उम्मेदवारी दर्ता हुदैछ भने विहिबार मतदान हुने तालिका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै