• २०८३ असोज २० मंगलबार

कांग्रेस महाधिवेशन: मनोनयन दर्ताको फारम वितरण शुरु

कांग्रेस महाधिवेशन: मनोनयन दर्ताको फारम वितरण शुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उम्मेदवारका लागि मनोनयन दर्ताको फारम वितरण शुरु भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले १० बजेदेखि मनोनयन दर्ताको फारम वितरण राष्ट्रिय सभा गृहबाट शुरु गरिएको छ । 

उम्मेदवारी दर्ता भने साढे १२ बजेदेखि ४ बजेसम्म हुने समितिले जानकारी दिएको छ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न कुल ७ हजार ११४ जना मतदाताको प्रारम्भिक सूची समेत समितिले सार्बजनिक गरिसकेको छ भने आजै बिहान ११ बजे अन्तिम मतदाता सूची सार्बजनिक गर्ने जनाएको छ ।

समितिले केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि शुल्कसमेत तोकेको छ। सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

उम्मेदवारी दर्ताका लागि आवश्यक कागजातसहित प्रस्तावक र समर्थकको विवरणसमेत बुझाउनुपर्नेछ। सभापतिका लागि १० जना प्रस्तावक र १० जना समर्थक, उपसभापति र महामन्त्रीका लागि सात-सात जना तथा सहमहामन्त्रीका लागि पाँच–पाँच जना प्रस्तावक र समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्यका लागि भने तीन जना प्रस्तावक र तीन जना समर्थकको व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै