• २०८३ असोज १९ सोमबार

निर्माण क्षेत्रमा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय

निर्माण क्षेत्रमा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले असामान्य रूपमा बढेको निर्माण सामग्रीको मूल्यलाई सम्बोधन गर्न सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट र डण्डीमा विशेष मूल्य समायोजन गरिने भएको हो ।

२०८२ चैत १५ गतेपछि पनि कार्यसम्पादन अवधि कायम रहेका सार्वजनिक निर्माण ठेक्कामा वास्तविक र प्रमाणित खपतका आधारमा विशेष मूल्य समायोजन उपलब्ध गराइनेछ । सालबसाली तथा मूल्य समायोजनको व्यवस्था नभएका ठेक्का पनि तोकिएको मापदण्ड पूरा गरेमा यसमा समेटिनेछन् ।

मूल्य समायोजनको व्यवस्था भएका ठेक्कामा सम्झौताअनुसार प्राप्त हुने रकम घटाएर बाँकी योग्य रकम मात्र विशेष मूल्य समायोजनका रूपमा उपलब्ध गराइनेछ। सामान्य बजार उतारचढावलाई भने यस व्यवस्थाले समेट्ने छैन ।

अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण भएको असामान्य मूल्यवृद्धिलाई सम्बोधन गर्दै निर्माण कार्य रोक्न नदिन र चालु विकास आयोजनालाई निरन्तरता दिन निर्णय गरिएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै