• २०८३ असोज १९ सोमबार

वेत्रावतीमा बेलिब्रिज जडान जारी, पाँच दिनभित्र सम्पन्न हुने

वेत्रावतीमा बेलिब्रिज जडान जारी, पाँच दिनभित्र सम्पन्न हुने

रसुवा । रसुवाको वेत्रावतीमा बेलिब्रिज जडानको काम जारी रहेको छ । अबको पाँच दिनभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिएको छ ।

बाढीका कारण टुटेको सडक सम्पर्क दसैँअघि पुनः जोड्ने लक्ष्यअनुसार काम अघि बढाइएको र गल्छीदेखि वेत्रावतीसम्म अस्थायी सडक खोल्ने काम यसअघि नै सम्पन्न भइसकेको उनले बताएका छन् ।

बेलिब्रिज जडान सम्पन्न भएपछि गल्छी–वेत्रावती हुँदै रसुवाको धुन्चे र स्याफ्रुबेँसीसम्म यातायात सञ्चालनमा आउने मन्त्री लम्सालले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै