काठमाडौँ । जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वार्टरफाइनलका सबै खेल बर्षाले रद्ध भएका छन् ।
लगातारको बर्षापछि जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा हुने क्वाटरफाइनलका चार खेल सोमबार र मंलगबार हुन नसकेपछि रद्ध गरिएको छ ।
योसँगै सिधै क्वाटरफाइनल खेल्न लागेका शिर्ष वरियताका चार देश अब सिधै सेमिफाइनल खेल्ने भएका छन् । जसमा भारत र श्रीलंका तथा पाकिस्तान र बंगलादेश सेमिफाइनलमा खेल्ने भएका हुन् । सेमिफाइनलका खेल विहिबार हुदैछन् ।
अर्कोतर्फ प्रारम्भिक चरण खेलेर क्वाटरफाइनलमा पुगेका नेपालसहित अफगानिस्तान, जापान, हङकङ र मलेसिया भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा टेस्ट खेल्ने देश अफगानिस्तानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा जापानसँगको खेल बर्षाले रद्ध भएको थियो ।









