ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भएको भीषण आगलागीबाट ८ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
विहिबार दिउँसो स्थानीय डङ्डु शेर्पाको दुईतले घरमा रहेको कपडा पसल र होटलमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको बताइएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्चनजङ्घा गुल्म ताप्लेजुङबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमान्डमा टोली परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरीले अन्य सुरक्षा निकाय, वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण तथा उद्धार कार्य जारी राखेको छ । हालसम्म आगलागीबाट कुनै मानवीय क्षति भएको छैन।
2026-09-24-06-53-13_1000x667_50.webp)








