• २०८३ असोज ७ बुधबार

नागरिक लगानी कोषमा जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ- अर्थमन्त्री डा. वाग्ले

नागरिक लगानी कोषमा जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ- अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउँदै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा नागरिक लगानी कोषसम्बन्धी विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सर्वसाधारणको बचत जोडिएकाले कोषले अत्यधिक जोखिम भएका क्षेत्रमा लगानी गर्न नहुने बताए। लगानीको सीमा र क्षेत्र निर्धारण गरी परियोजना छनोटमा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

वाग्लेले नेपालको आन्तरिक बचतले मात्रै आवश्यक लगानी धान्न नसक्ने भएकाले उपलब्ध सबै स्रोत परिचालन गर्नुपर्ने बताए । नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको एउटा आधारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

उनले कोषको डिजिटल प्रविधि विस्तारमा सरकार सकारात्मक रहेको र विधेयकमा समेट्न नसकिने विस्तृत विषय नियमावली तथा कार्यविधिमार्फत सम्बोधन गरिने बताए। साथै, कोषमा स्वार्थ नबाझिने व्यवस्था र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै