• २०८३ असोज ७ बुधबार

राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते

राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह र जिल्ला तहको अधिवेशनपछि सातवटै प्रदेशको अधिवेशनको तयारी थालेको छ ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सबै प्रदेशको अधिवेशन असोज २१ गते एकैदिन हुनेछ । केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशनका लागि सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि तोकेको छ ।

जसअनुसार कोशीमा भरत पाठक, मधेसमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा.डा. जयन्तनाथ खनाल र गण्डकीमा अमृत पुडासैनी तोकिएका छन् । त्यस्तै, लुम्बिनीमा निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा निर्वाचन समितिका सदस्य सचिव श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएको छ ।

राप्रपाले प्रदेश अधिवेशनपछि केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने र आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै