• २०८३ असोज ७ बुधबार

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ । नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरअघि दुवै मन्त्रीले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए । उनीहरूले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका असर सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

भेटमा पर्यटन, शिक्षा लगायत साझा चासोका क्षेत्रमा अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो ।

ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशको संख्या १८६ पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै