• २०८३ असोज ६ मंगलबार

महिला क्रिकेटमा एशियाली खेलकुदमा भारतले जित्यो स्वर्ण

महिला क्रिकेटमा एशियाली खेलकुदमा भारतले जित्यो स्वर्ण

काठमाडौँ । महिला क्रिकेटतर्फ भारतले श्रीलंकालाई पराजित गर्दै जापानको आइची–नागोयामा जारी  एसियाली खेलकुदमा आफ्नो पहिलो स्वर्ण पदक जितेको छ ।

महिला क्रिकेटको फाइनलमा भारतले श्रीलंकालाई १४७ रनले पराजित गर्दै अघिल्लो संस्करणमा जितेको स्वर्णको रक्षा गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २१६ रन बनाएको थियो । २१७ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.४ ओभरमा ६९ रनमै अलआउट भएको थियो । हारपछि श्रीलंकाले रजत पदक जितेको छ ।

त्यस्तै पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै कास्य पदक जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै