काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ भने कोशी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेसमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १३७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३५ जना घाइते भएका छन् भने कोशीमा ४१ जना, काठमाडौँ उपत्यकामा १६ जना, सुदूरपश्चिममा १२ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा २२ जना, कर्णालीमा ३ र गण्डकीमा ६ जना घाइते भएका छन् ।









