काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक जारी रहेको छ ।
सचिवालय बैठकले आजै बस्ने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेन्डा तय गर्ने बताइएको छ । सचिवालय बैठकपश्चात केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ । केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई बोल्न समय उपलब्ध गराउने एमालेको तयारी छ ।
केन्द्रीय कमिटीको बैठक ललितपुरको भनीमण्डलमा ११ बजेपछि सुरु हुने बताइएको छ ।









