• २०८३ भदौ २३ मंगलबार

नेपाललाई हराउदै हङकङ चाइना एसीसी प्रिमियर कपको सेमिफाइनलमा

नेपाललाई हराउदै हङकङ चाइना एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङ चाइनाले जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई पराजित गरेको छ ।

मलेसियामा जारी खेलमा हङकङ चाइनाले नेपाललाई १५ रनले पराजित गरेको हो ।

हङकङ चाइनाले दिएको २६२ रनको लक्ष्य पछाएको नेपाल ४९.१ ओभरमा अल आउट हुदै २४६ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ९० रन बनाएका थिए भने आसिफ सेखले ४४ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २५, गुलशन झाले २० र करण केसीले २१ रन बनाएका थिए ।

त्यस्तै हङकङ चाइनाका बलर एजाज खानले ४ विकेट लिएका थिए भने यसिम मुर्तजाले २ विकेट लिएका थिए ।   

यसअघि हङकङ चाइनाले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २६१ रन बनाएको थियो । हङकङ चाइनाका लागि बाबर ह्यातले शतकीय पारी खेलेका थिए । उनले अविजित रहदै ११७ रन बनाएका थिए । त्यस्तै शहिद वासिफले ४५ रन बनाए भने एहसान खानले अविजित ३५ रन बनाएका थिए । त्यसैगरि नेपाली बलर सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिएका थिए । 

यो जितपछि हङकङ चाइना समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ भने नेपाल समुह विजेता हुदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अब नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने छ भने हङकङ चाइना भने युएईसँग खेल्ने छ । सेमिफाइनलका खेल विहिबार हुने छन् । एसीसी प्रिमियर कपको फाइनल खेल आगामी शनिबार हुदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै