• २०८३ भदौ २३ मंगलबार

हङकङ चाइनाले नेपाललाई दियो २६२ रनको लक्ष्य

हङकङ चाइनाले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौं । हङकङ चाइनाले जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै हङकङ चाइनाले ५० ओभरमा ७ विकेट गुमाउदै २६१ रन बनाएको हो ।

हङकङ चाइनाका लागि बाबर ह्यातले शतकीय पारी खेलेका थिए । उनले अविजित रहदै ११७ रन बनाएका थिए । त्यस्तै शहिद वासिफले ४५ रन बनाए भने एहसान खानले अविजित ३५ रन बनाएका थिए । त्यसैगरि नेपाली बलर सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिएका थिए । 

नेपालले यसअघि नै लगातार तीन खेल जितेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ भने  हङकङ चाइनाका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नैपर्ने अवस्था रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै