• २०८३ भदौ २२ सोमबार

राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीबाट प्रधानमन्त्री राहत कोषमा एक करोड ३८ लाख सहयोग

राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीबाट प्रधानमन्त्री राहत कोषमा एक करोड ३८ लाख सहयोग

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगका लागि एक करोड ३८ लाख ८८ हजार ४२५ रुपैयाँ सहयोग गरेका छन् ।

राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारी, करार कर्मचारीसमेतका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको गभर्नरको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै